२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

भोटखोलामा आगलागी हुँदा एक जनाको मृत्यु

१८ पुस, संखुवासभा । संखुवासभाको भोटखोला गाउँपालिका–५ लुङसुङमा कटेरोमा आगलागी हुँदा जलेर एक जनाको मृत्यु भएको छ ।

आगलागीमा परेर भोटखोला–५ का २३ वर्षीय पंखामान राईको मृत्यु भएको जल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी लालध्वज सुवेदीले बताए ।

चार जना साथीसँग काठ चिर्न जङ्गल गएका पंखामान बसेको कटेरोमा आगलागी हुँदा उनको मृत्यु भएको डीएसपी सुवेदीले बताए । पंखामानलाई एक्लै छोडेर चार जना साथी खाद्यान्न लिन गाउँतर्फ गएको बेला कटेरोमा आगलागी भएको सुवेदीले बताए ।

साथीहरू फर्किएर कटेरोमा पुग्दा पंखामान जलेर मृत्यु भइसकेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ पुष २०७८, आईतवार १८:३३