२५ आश्विन २०८१, शुक्रबार | Sat Oct 12 2024

माओवादी महाधिवेशन : आज देव गुरुङले जवाफ दिने

१७ पुस, काठमाण्डाैं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को आठौं राष्ट्रिय महाधिवेशनको छैटाैँ दिन आज विधान मस्याैदामाथि उठेका प्रश्नकाे जवाफ दिने कार्यक्रम छ ।

बन्द सत्र बिहान ११ बजे कमलादीस्थित प्रज्ञा प्रतिस्ठानमा सुरु हुँदैछ । विधान मस्यौदामाथि समूहगत छलफलबाट आएका सुझाव र जिज्ञासामाथि स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङले जवाफ दिने कार्यक्रम रहेकाे माओवादी केन्द्रले जानकारी दिएकाे छ ।

शुक्रबारकाे बन्दसत्रमा पार्टीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठ, केन्द्रीय अनुशासन आयोगका प्रमुख टंक राई र केन्द्रीय लेखा आयोगका प्रमुख पेशल खतिवडाले आयोगका प्रतिवेदन प्रस्तुत गरेका थिए ।

बन्द सत्रमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाधिवेशनमा प्रस्तुत ‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको वैचारिक तथा राजनीतिक दस्तावेजमाथि समूहगत छलफलबाट आएका सुझाव र जिज्ञासामाथि जवाफ दिएका थिए ।

प्रकाशित मिति : १७ पुष २०७८, शनिबार ११:५२