२५ आश्विन २०८१, शुक्रबार | Sat Oct 12 2024

मुक्तहलिया महिला भन्छन्ः ‘आयमूलक काम पाए हुन्थ्यो’

 १६ पुस, महेन्द्रनगर । गत वर्ष सरकारले ४२ परिवार मुक्तहलियालाई सुरक्षित आवास कार्यक्रमअन्तर्गत यहाँको पुर्नवास नगरपालिका–९ सीताबस्तीमामा पुनःस्थापना ग¥यो । १२ धुर जग्गा र दुईकोठे पक्की भवन उनीहरुलाई हस्तान्तरण गरे पनि बस्तीमा खानेपानी, बिजुलीलगायतका पूर्वाधार अझै पूरा भएको छैन ।

“४२ परिवार मुक्तहलिया भएको यो बस्तीमा दुईवटा नल्का (धारा) छन् ।” मुक्तहलिया बस्तीका सिर्जना सुनारले भन्नुभयो, “सरकारले घरबास त दियो, बेरोजगारी समस्याले फेरि हलिया नै बस्नुपर्ने अवस्था छ ।” उहाँले बस्तीमा बिजुलीको व्यवस्था पनि राम्रोसित हुन नसकेको बताउनुभयो । यहाँको मोतियाफाँटाबाट मुक्तहलियालाई सीताबस्तीमा पुनःस्थापना गरेको भए पनि स्थानीयलाई आयमूलक काममा लाग्न मद्दत हुने विभिन्न सीपमूलक तालिम माग गरेका छन् । “भारतीयले जङ्गलबाट दाउरा ल्याउन दिएन भने घरमा चुलो नै बल्दैन ।

” राधिका सुनारले भन्नुभयो, “बस्तीका सबै महिला सिलाइकटाइलगायतका सीपमूलक तालिम पाए काम गरेर खाने थिए ।” उहाँले आयआर्जनका लागि स्थानीयदेखि सङ्घीय सरकारले मुक्तहलियाका लागि केही पनि सहयोग नगरेको गुनासो गर्नुभयो । “दलितका नाउँमा आउने सहयोग कस्तो हुन्छ हामीलाई त थाहा नै छैन ।” सुनारले भन्नुभयो, “दलितभित्र पनि निम्न आयस्रोत भएकालाई कुनैखालको सुविधा उपभोग गर्न पाएनौँ ।

” बस्तीका अधिकांश पुरुष भने रोजगारीका लागि भारत जानुका साथै गाउँघरमै ज्यालादारी गरिरहेका छन् ।“हलियाबाट मुक्त भए पनि पारिवारिक अवस्था दयनीय नै छ ।” मुक्तहलिया बस्तीका मञ्जु विश्वकर्माले भन्नुभयो, “मुलुकमा जतिसुकै विकास भए पनि मुक्तहलियाको दैनिकीमा दुःख नै रहे ।”

प्रकाशित मिति : १६ पुष २०७८, शुक्रबार १५:४०