२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

१५ पुस, राजविराज । सप्तरीको तिरहुत गाउँपालिका–३ मा आज भएको आगलागीबाट रु दश लाखभन्दा बढीको क्षति भएको छ । स्थानीयवासी हेमनारायण साफीको घर र किराना पसल तथा मेडिकल ल्याब रहेको अर्को घरमा विद्युत् सर्ट भएर आगलागी हुँदा सो क्षति भएको हो ।

फाइल फाेटाे

आगलागीबाट औषधि, दुई गोरु, पाँच बाख्रा, ल्यापटप, साइकल, अन्न, लत्ताकपडालगायतका सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्थानीयवासी र प्रहरीले आगो निभाएका थिए ।

प्रकाशित मिति : १५ पुष २०७८, बिहीबार १६:०६