बार्सिलोनाका डेम्बेले, उम्टिटी र गाभीलाई कोरोना
१४ पुस, काठमाडौं । स्पेनिस ला लिगा क्लब बार्सिलोनाका तीन खेलाडीमा कोभिड-१९ संक्रमित देखिएको छ ।
क्याटलान क्लब बार्सिलोनाले बुधबार सम्पूर्ण टोलीको पिसिआर परीक्षणपछि स्ट्राइकर औसमान डेम्बेले, स्यामुयल उम्टिटी र गाभीको रिर्पोट पोजेटिभ आएको जनाएको हो ।
यसअघि बार्सिलोनाका जोर्डी अल्बा, एलेजान्द्रो ब्लाडे, क्लेमेन्ट लङ्लेट र ड्यानी आल्भेसलाई कोभिड पुष्टि भएको थियो ।
प्रकाशित मिति : December 29, 2021 at 5:57 pm





