पोखरामा ‘टीभीएस रेडर’ सार्वजनिक
१४ पुस, काठमाडाैँ । शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्स प्रालिले पोखरास्थित आफ्नो शोरुमबाट युवालक्षित नयाँ मोटरसाइकल ‘टीभीएस रेडर’ सार्वजनिक गरेको छ।
सप्तरंग-३ का चर्चित गायक रामकृष्ण ढकाल, अनिल सिंह, प्रमोद खरेल, बद्री पङ्गेनी, गायिका मिलन नेवार र अस्मिता अधिकारी, हास्यकलाकार सन्दिप क्षेत्रीलगायतको उपस्थितिमा एक समारोहबीच उक्त मोटरसाइकल सार्वजनिक गरिएको हो। १२५ सीसी श्रेणीअन्तर्गतको टीभीएस रेडर अत्याधुनिक फिचर्सबाट सुसज्जित रहेको कम्पनीको दाबी छ।

युवालक्षित यस स्पोर्टी मोटरसाइकलमा एलसीडी डिजिटल स्पिडोमिटर, थ्रीभी आइटच स्टार्ट, एनिमलिस्टिक एलईडी हेडल्याम्प जस्ता फर्स्ट-इन-क्लास फिचर्सका साथै फर्स्ट-इन-सेग्मेन्ट अन्डर सिट स्टोरेज पनि उपलब्ध गरिएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
प्रकाशित मिति : December 29, 2021 at 5:56 pm





