२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

बैतडीमा याे वर्ष पहिलाे पटक हिमपात, किसानमा गहुँबाली सप्रिने आशा

-सीपी लोहिया

१४ पुस, बैतडी । बैतडीका उच्च लेकाली भेगमा भारी हिमपात भएको छ । पाटन नगरपालिकाको खोड्पे, अनारखोली, सुर्नया गाउँपालिकाको ढोल्यामोड, श्रीभाबर, सतबाँझ, बाँजपानी, सिगास गाउँपालिकाको गर्जे, बुरुसे, चौखाम लगायतका ठाउँमा मंगलबार राति देखि हिमपात भइरहेको हाे । हिमपात अहिले पनि जारी छ ।

हिउँ पर्न थालेसँगै चिसो बढेकाले सावधानी अपनाउन स्वास्थ्यकर्मीले सुझाएका छन् । चिसोले बालबालिका तथा वृद्धवृद्धालाई बढी असर गर्ने भएकाले ख्याल गर्न स्वास्थ्यकर्मीले सुझाएका हुन् ।

वर्षासँगै हिमपात भएपछि किसान खुसी भएका छन् । यो वर्ष समयमै हिउँ परेकाले गहुँ बाली सप्रिने आशा पलाएकाे पाटन नगरपालिका-९ का किसान नरबहादुर भण्डारीले बताए । बैतडीमा यो वर्ष पहिलो पटक हिमपात भएको हो । न्युज कारखाना

प्रकाशित मिति : १४ पुष २०७८, बुधबार ०९:१०