२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

प्रधानमन्त्री देउवाद्वारा समवेदना व्यक्त

१३ पुस, काठमाण्डाैं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस खोटाङका नेता तथा पूर्वमहाधिवेशन प्रतिनिधि रामकुमार श्रेष्ठको निधन भएकामा गहिरो दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ ।

खोटाङको जन्तेढुङ्गा गाउँपालिका, चिसापानीका वडाध्यक्षसमेत रहनुभएका श्रेष्ठको ६३ वर्षको उमेरमा गए राति निधन भएको हो । उहाँ साविक चिसापानी गाविसका पूर्वअध्यक्ष, कांग्रेसको पूर्वक्षेत्रीय सभापति तथा जिल्ला कार्य समितिको पूर्वसदस्यसमेत हुनुहुन्थ्यो ।

सामाजिक, सामुदायिक, शैक्षिक, राजनैतिक एवं जिल्लाको विकास निर्माणमा स्वर्गीय श्रेष्ठले गर्नुभएको सेवा तथा पार्टीको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा पु¥याउनुभएको योगदान सदैव स्मरणीय रहिरहने कांग्रेस केन्द्रीय कार्यालयले जारी गरेको शोक विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : १३ पुष २०७८, मंगलवार १७:४८