२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

१३ पुस, मुगु । मुगुका आगलागी पीडितलाई नगद आर्थिक सहयोग गरिएको छ । कर्मथलो स्पेनको आलबिरमा बसोबास गर्दै आएका छायानाथ रारा नगरपालिका-१३ का समाजसेवी अक्कल बोहराको अगुवाइमा मुगुका अग्निपीडितलाई नगद आर्थिक सहयोग गरिएको हो ।

सोमबार जिल्ला प्रशासन कार्यालयको रोहबरमा अग्निपीडित आर्थिक सहयोग गरिएको जनाएको छ । आगलागीबाट पूर्णरुपले क्षति भएका सदरमुकाम गमगढीको तल्लो बजारका १८ घरधुरीलाई आर्थिक सहयोग गरिएको छ ।

आगलागीबाट पूर्णपुरले क्षति भएका १८ घरलाई प्रतिघर २० हजारका दरले सहयोग गरिएको समाजसेवी अक्कल बोहराले बताए । त्यस्तै २४ जना व्यवसाय गरेर बसेकालाई प्रति घर ३ हजारका दरले र ३३ जना बहाल र अन्य ५ जना लाई १ हजारका दरले सहयोग नगद सहयोग गरिएको बोहराले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी रोमबहादुर महत, प्रहरी नायव उपरीक्षक सुवास हमालद्वारा उक्त राहत वितरण गरिएको हो ।

प्रकाशित मिति : १३ पुष २०७८, मंगलवार १६:५७