२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

मुगुमा ८६ वर्षीया वृद्धाले पाइन् नागरिकता

१३ पुस, मुगु । मुगुमा ८६ वर्षीया वृद्धाले नेपाली नागरिकताको प्रमाणपत्र पाएकी छन् । मुगुमकामारोङ्ग गाउँपालिका-३ की शिग्याल लामालाई प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले नागरिकता प्रदान गरे ।

लामाे समय भारतमा बसेकी उनले हाल आएर नेपाली नागरिकता लिएकी हुन् । नागरिकता लिएसँगै लामाले सामाजिक सुरक्षा भत्ता पनि पाउने भएकी छन् । उनले राष्ट्रिय परिचयपत्र पनि बनाएकी छन् ।

प्रकाशित मिति : १३ पुष २०७८, मंगलवार १३:५२