१२ मंसिर २०८३, शुक्रबार | Fri Nov 27 2026
https://www.muktinathbank.com.np/online/loan-application

१३ पुस, डोटी । जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ का एकल महिला गरिब, विपन्न तथा ज्येष्ठ नागरिकलाई न्यानो कम्बल वितरण गरिएको छ । नेपाली कांग्रेसका जिल्ला उपसभापति विजय खड्काको पहल, कांग्रेसका प्रदेश महाधिवेशन प्रतिनिधि लक्ष्मण खड्काको सहयोग एवं लायन्स क्लब अफ धनगढीको आयोजनामा यहाँका नागरिकलाई चिसोमा न्यानो कम्बल वितरण गरिएको हो ।

प्रतिव्यक्ति एउटा कम्बलका दरले ८० जनालाई वितरण गरिएको हो । जाडोको समयमा वितरण गरिएका न्यानो कम्बलले यहाँका एकल महिला गरिब, विपन्न तथा ज्येष्ठ नागरिकलाई राहत पुगेको कांग्रेस वडा सभापति बहादुरसिंह कठायतले जानकारी दिनुभयो ।

प्रकाशित मिति : December 28, 2021 at 12:27 pm

https://www.nabilbank.com/individual
https://www.ctznbank.com.np/
https://www.nimb.com.np/