२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

अछाममा हावाबाट उत्पादित वायु ऊर्जा प्लान्ट दुई वर्षदेखि बन्द

१२ पुस, अछाम । विगत चार वर्षअघि सञ्चालनमा आएको सुदूरपश्चिमको एकमात्र वायु ऊर्जा प्लान्ट दुई वर्षदेखि बन्द अवस्थामा छ । एक करोड २० लाखमा निमार्ण गरिएको ३१ किलोवाट क्षमताको सो वायु ऊर्जा प्लान्ट अहिले अलपत्र अवस्थामा छ । कमल बजारमा रहेको हावाबाट उत्पादन हुने विद्युत् दुई वर्षदेखि बन्द अवस्थामा छ ।

२०७४ सालमा निमार्ण सुरु भई सोही वर्षदेखि उत्पादन सुरु भएको विद्युत् सञ्चालनको दुई वर्षपछि पूर्ण रुपमा बन्द भएको हो । नेपाल सरकारको एक करोड, कमल बजार नगरपालिकाको २० लाख गरी कुल एक करोड २० लाखको लागतमा ३१ किलोवाट क्षमताको वायु ऊर्जा प्लान्ट स्थापना गरिएको थियो ।

वायु तथा सौर्य ऊर्जा प्लाट बिग्रँदासमेत सञ्चालनको लागि नगरपालिकाले चाँसो नगरिएको स्थानीय हरिकला बिष्टको भनाइ छ ।

कमलबजार नगरपालिका प्रमुख ओम प्रकाश बिष्टले हालसम्म उपभोक्ता समीतीले सौर्य प्लान्ट नगरपालिकालाई हस्तान्तरण नगरेको हुँदा मर्मत नगरिएको बताए ।

प्रकाशित मिति : १२ पुष २०७८, सोमबार १२:०५