२४ आश्विन २०८१, बिहीबार | Fri Oct 11 2024

अछाममा ३ हजार ८६३ मतदाता थपिए

९ पुस, अछाम । स्थानीय तहका केन्द्रबाटै फोटोसहितको मतदाता नामावली संकलन विशेष कार्यक्रमअन्तर्गत अछाममा थप तीन हजार ८६३ जना मतदाता थपिएका छन् ।

उक्त कार्यक्रमअन्तर्गत पहिलो चरणमा १७-२६ मंसिरसम्म सञ्चालन भएकोमा एक हजार ४८६ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय अछामका सूचना अधिकारी गजेन्द्र प्रकाश थारूले जानकारी दिए ।

दोस्राे चरणकाे ८ पुससम्म एक हजार ७४३ जनाले नाम दर्ता गराएका छन् । हालसम्म अछाममा एक हजार ९२९ जना महिला र एक हजार ९३४ जना गरी तीन हजार ८६३ जनाले नाम दर्ता गराएको उनले बताए ।

जिल्ला प्रशासन कार्यालय, जिल्ला निर्वाचन कार्यालयबाट नामावली संकलन कार्य जारी रहेको छ भने ईलाका कार्यालय विनायकबाट भने शुक्रबारबाट नामावली संकलन कार्य सुरू गरिएको सुचना अधिकारी थारूले जानकारी दिए ।

 

प्रकाशित मिति : ९ पुष २०७८, शुक्रबार १८:०६