कोरोनाविरुद्धको खोप लगाएका विद्यार्थी भन्छन्– अब कहिल्यै लकडाउन नहोस्
कोरोना माहामारीकै कारण लामो समयसम्म भौतिक उपस्थितिमा पठनपाठन गर्न नपाएका ठाकुरलाई यसपालि पनि कतै लकडाउन पो हुने हो कि भन्ने ठूलो चिन्ता थियो । कोरोनाभाइरसविरुद्धको मोडर्ना खोप लगाइसकेपछि ठाकुर लकडाउन नहुनेमा विश्वस्त छन् ।
देउराली माध्यामिक विध्यालयकी छात्रा नविना चौधरीले पनि मोडर्ना खोप लगाइसकेपछि कोरोनाको त्रासबाट निकै राहत मिलेको महसुस गरिन् ।
जोर, बिजोर कक्षा लिनुपर्ने, लकडाउनले पठनपाठन लिन नपाउनेजस्ता समस्याबाट गुज्रिसकेकी चौधरीलाई नयाँ भेरियन्ट ओमिक्रोनले फेरि पुरानो नै समस्या पो झेल्नुपर्ने हो कि भन्नेमा ठूलो चिन्ता थियो । तर, खोप लगाइसकेपछि चौधरीमा आत्मबल बढेको छ ।

ओमिक्रोन भाइरसले फेरि एकपल्ट विद्यार्थीहरूमा त्रास पैदा गरिरहेको बेला बिध्यार्थीहरूलाइ लक्षित खोप अभियानले ठाकुर र चौधरीजस्तै महोत्तरीमा धेरैलाइ निकै राहत प्रदान गरेको छ ।
हाल जिल्लाको उत्तरी क्षेत्रका बर्दिवास, गौशाला, भंगाहा, रामगोपालपुर, औरही नगरपालिका र सम्सी सोनामा गाउँपालिकामा विभिन्न सामुदायिक तथा निजी विध्यालयमा खोप अभियान चलिरहेको छ ।
११ पुससम्म यी पालिकामा खोप अभियान चल्ने र १४ पुसदेखि जिल्लाका अन्य पालिका जलेश्वर, लोहारपट्टी, मनराशिसवा, मटिहानी, बलवा, पिपरा, महोत्तरी र एकडारामा १८ पुससम्म खोप अभियान सञ्चालन गरिने जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ ।
१२ वर्षदेखि १७ वर्ष उमेर समूहलाई अहिले कोरोनाविरुद्धको खोप अभियान चलिरहेको छ ।

प्रकाशित मिति : December 24, 2021 at 11:47 am





