२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

सुदूरपश्चिमः थप सातमा सङ्क्रमण

पुस ८, काठमाण्डाैं । सुदूरपश्चिम प्रदेशमा विहीबार थप सातमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन विधिबाट ५६७ को नमूना परीक्षण गर्दा सात जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

पीसीआर विधिमार्फत सेती प्रादेशिक अस्पतालमा पाँच र महाकाली अस्पतालमा दुई जनामा कोरोना पुष्टि भएको छ । यस्तै गएको २४ घण्टामा प्रदेशभर चार जनाले कोरोना जितेका छन् । उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एकको पनि मृत्यु भएको छैन । यसअघि बुधबार यस प्रदेशमा नौमा सङ्क्रमण पुष्टि हुँदा पाँच जना निको भएका थिए । सुदूरपश्चिममा सङ्क्रमणका कारण हालसम्म ६१४ को ज्यान गइसकेको छ ।

प्रकाशित मिति : ८ पुष २०७८, बिहीबार १८:३६