आज पनि संसदमा एमाले सांसदको नाराबाजी
७ मंसिर, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरूले संसद बैठकमा नाराबाजी गरिरहेका छन् । संसदको १०औँ अधिवेशनको तेस्रो बैठक बुधबार बसिरहेको छ । पहिलो र दोस्रो बैठकमा जस्तै बुधबार बसिरहेको तेस्रो बैठकमा पनि एमाले सांसदहरू रोष्ट्रम अगाडि उभिएर नाराबाजी गरिरहेका हुन् ।
एमाले विभाजनमा सभामुख अग्निप्रसाद सापकोटाको भूमिका रहेको भन्दै एमाले सांसदहरूले संसदको नवौँ अधिवेशनका सबै बैठकमा पनि नाराबाजी गरेका थिए भने १०औँ अधिवेशनका चालु बैठक पनि अवरोध गरिरहेका छन् ।
प्रकाशित मिति : ७ पुष २०७८, बुधबार १३:३२