८ जेष्ठ २०८१, मंगलवार | Tue May 21 2024

प्रधानमन्त्री कार्यालय मातहत आएको राष्ट्रिय अनुसन्धान विभागमा किन पुगे गृहमन्त्री थापा ?


१९ फागुन, काठमाडौा । गृहमन्त्री रामबहादुर थापाले सुशासन, शान्ति स्थापना, विकास र समृद्धिलाई उचाइमा पुर्याउने मुख्य जिम्मेवारी राष्ट्रिय अनुसन्धान विभागको काँधमा आएको बताएका छन ।

विभागको शनिबार निरीक्षण गर्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालले प्राप्त गरेको उपलब्धिको रक्षा एवं सुदृढीकरण गर्ने मूल जिम्मेवारी पनि निर्वाह गर्न अनुरोध गरे ।

विभागबाट प्रवाह हुने सूचना प्रणालीलाई थप चुस्त र दुरुस्त बनाउन कार्ययोजना निर्माण गरी सामूहिक रुपमा अघि बढ्न आवश्यक रहेकामा गृहमन्त्री थापाले जोड दिएको विभागका अनुसन्धान निर्देशक लक्ष्मण गुरुङले जारी गरेकोे विज्ञप्तिमा उल्लेख छ ।

विभागका कर्मचारीलाई उच्च मनोबलका साथ कामप्रति उत्पे्ररित गर्न तालीम, सीप र ज्ञान प्रदान गरिनुपर्ने, विभागलाई पुनःसंगठित र साधन सम्पन्न बनाउन जरुरी रहेको उनको भनाइ थियो ।

सो अवसरमा गृहसचिव मोहनकृष्ण सापकोटाको पनि उपस्थिति थियो । सो अवसरमा विभागका मुख्य अनुसन्धान निर्देशक दिलीपराज रेग्मीले हालसम्म सम्पादन भइरहेका काम कारबाही, भावी योजनाका विषयमा जानकारी गराएका थिए । सरकारले पछिल्लो पटक विभागलाई प्रधानमन्त्री कार्यालय मतहत ल्याउने निर्णय गरेको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७४, शनिबार १५:५९