२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

फौजदारी कसुर तथा फौजदारी कार्यविधि अध्यादेश स्वीकृत

६ पुस, काठमाडौँ । प्रतिनिधिसभाले फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७८ लाई स्वीकृत गरेको छ । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकले सो अध्यादेशलाई बहुमतले स्वीकृत गरेको हो ।

यसअघि बैठकले यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ पनि स्वीकृत गरेको थियो । प्रतिनिधिसभाको अर्को बैठक ७ पुस दिनको १ बजे बस्ने छ ।

प्रकाशित मिति : ६ पुष २०७८, मंगलवार १४:०३