२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

तीन दिनदेखि बेपत्ता २२ वर्षीया रुक्सार खातुन मृत भेटिएकी छिन

६ पुस, महोत्तरी । तीन दिनदेखि बेपत्ता महोत्तरी मट्टीहानीकी एक महिला मृत फेला परेकी छन् । मट्टीहानी-३ बर्दाहकी २२ वर्षीया रुक्सार खातुन मृत भेटिएकी हुन् । खातुन हराउकाे भन्दै उनका आफन्तले प्रहरी चौकी धिरापुरमा मौखिक जानकारी दिएका थिए ।

खाेजिवन गर्दा उनी घर नजिकैकाे सार्वजनिक पोखरीमा मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । शव पोष्टमार्टमका लागि जलेश्वर अस्पताल ल्याइएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रकाश विष्टले जानकारी दिए ।

फाइल तस्वीर

प्रकाशित मिति : ६ पुष २०७८, मंगलवार ०९:४२