२६ असार २०८३, शुक्रबार | Sat Jul 11 2026

एमाले कर्णाली प्रदेशको बैठक बस्दै, अधिवेशन मुल आयोजक समिति गठन हुने

४ पुस, काठमाडौं । आउँदो ८ माघको प्रदेश अधिवेशनबारेमा निर्णय लिन नेकपा एमाले प्रदेश कमिटीको बैठक बस्दै छ ।

केन्द्रीय कार्यालयको परिपत्रअनुसार २३ पुसको जिल्ला अधिवेशन र ८ माघको प्रदेश अधिवेसनको तयारीका बारेमा छलफल गर्न कर्णाली प्रदेश कमिटीको बैठक बस्न लागेको हो ।

‘आजको बैठकले प्रदेश कमिटीको अधिवेशनका लागि मुल आयोजक समिति गठन गर्नेछ भने २३ पुस भित्र गर्नुपर्ने जिल्ला अधिवेशनका लागि आवश्यक निर्णय लिनेछ,’ केन्द्रीय सदस्य विष्णु रिजालले न्युजकारखानासँग भने, ‘जिल्ला कमिटीहरूले प्रदेशमा बुझाउनु पर्ने आर्थिक दायित्वसहित प्रदेश पदाधिकारीको पदभार ग्रहणसमेत गराउने कार्यक्रम छ ।’

एमालेको हालै बसेको दोस्रो केन्द्रीय समिति बैठकले २३ पुस भित्र जिल्ला र ८ माघ भित्र प्रदेश अधिवेशन गर्न निर्देशन दिएअनुसार सुर्खेतमा बैठक बस्न लागेको हो ।

प्रकाशित मिति : December 19, 2021 at 12:42 pm