अष्ट्रेलियाको सिड्नीमा नेपाली युवाले गरे रक्तदान
३ पुस, अष्ट्रेलिया । अष्ट्रेलियाको सिड्नीमा रगतको अभाव कम हुन नदिन नेपाली युवाहरुले रक्तदान कार्यक्रम आयोजना गरेका छन् । सामाजिक उत्तरदायित्व वहन गर्दै अष्ट्रेलियन रेडक्रससंगको सहकार्यमा प्रवासी नेपाली युवा मञ्चले रक्तदान कार्यक्रम गरेको हो।

सिड्नी स्थित टाउन हलमा रहेको लाइफ बल्ड डोनर सेन्टरमा आयोजित कार्यक्रममा १३ जना युवाहरुले रक्तदान गर्नु भएको प्रवासी नेपाली युवा मञ्चका अध्यक्ष अरुण गौतमले वताउनु भयो ।
गौतमले युवा मञ्चले युवाहरुका विचमा रक्तदान जस्तो पुन्यको कार्यमा सहभागी हुन उत्प्रेरित गर्दै आगामी दिनमा पनि यसलाई निरन्तरता दिने बताउनु भयो । उहाले विभिन्न नेपाली समुदाय केन्द्रित कार्यक्रम गरे पनि यस्ता कार्यक्रमले यहा रहेका अन्य समुदायमा पनि नेपाली सहयोगी र सेवाको भावनाका छन् भन्ने सन्देश दिन सफल हुने वताउनु भयो ।

प्रवासी नेपाली मञ्चका प्रवक्ता सन्तोष दहालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा गैर आवासिय नेपाली संघ एनएसडब्लु उपाध्यक्ष स्वीकृति भट्टको विशेष आतिथ्य रहेको थियो ।
कार्यक्रममा अतिथिहरुमा प्रवासी नेपाली मञ्च एनएसडब्लुका अध्यक्ष कृष्ण सापकोटा, प्रवासी नेपाली मञ्चका राष्ट्रिय कमिटी सदस्य तथा युवा सह इन्चार्ज विशाल राना मगर , प्रवासी नेपाली मञ्चका राष्ट्रिय कमिटी सदस्य राजु गौचन रहनु भएको थियो ।
प्रकाशित मिति : December 19, 2021 at 5:15 am









