२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

अब विदेशबाट नेपाल आउनेले अनिवार्य सात दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने (सूचनासहित)

३ पुस, काठडमाडाैँ । अब विदेशबाट नेपाल आउनेले अनिवार्य सात दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने भएको छ । गृह मन्त्रालय अन्तर्गतको अध्यागमन विभागले एक सूचना सार्वजनिक गर्दै विश्वका ६७ मुलुकबाट नेपाल प्रवेश गर्ने जोसुकै यात्रुले सात दिन होटल क्वारेन्टिन बस्नुपर्ने उल्लेख गरेको छ ।

कोराना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन विश्वव्यापी भैरहेको अवस्थामा विभागले यस्तो कडाइ गरेको हो । सरकारले जारी गरेको सूचनामा होटल क्वारेन्टिनमा बस्दा लाग्ने खर्च सम्बन्धित व्यक्ति स्वयंलले व्यहोर्नुपर्ने उल्लेख गरेको छ । सरकारले यसअघि नै अफ्रिाकासहितका देशबाट नेपाल प्रवेशमा कडाइ गरिसकेको छ । यस्तो छ विभागको सूचना ।

 

प्रकाशित मिति : ३ पुष २०७८, शनिबार १०:१२