२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

केपी ओलीको गृहजिल्लामा पार्टीभित्र कसले के जिम्मेवारी पाए ?

२ पुस, काठमाडौँ । नेकपा एमाले झापाको इन्चार्जमा स्थायी कमिटी सदस्य अग्निप्रसाद खरेलले जिम्मेवारी पाएका छन् । पूर्वमहान्यायाधिवक्तासमेत रहेका खरेललाई ओलीले आफ्नो गृहजिल्लाको जिम्मेवारी सुम्पेका हुन् ।

ओली गृहजिल्लामा तीन जना महिला केन्द्रीय सदस्य सह इन्चार्ज बनेका छन् । गीता अधिकारी, मीना उप्रेती र मेनुका काफ्लेले सह इञ्चार्जको जिम्मेवारी पाएका हुन् । झापाको सह इन्चार्जमा रोमनाथ ओली र हरिबहादुर राजवंशी पनि समेटिएका छन् ।

प्रकाशित मिति : २ पुष २०७८, शुक्रबार १६:२७