२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

यानप्रसादको हत्या सेनाले हैन, लालसेनाले गरेको थियोः गोकुल बास्काेटा

१ पुष, काठमाडाैँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ज्ञानेन्द्र शाहसँगको सम्बन्धबारे एमाले अध्यक्ष केपी शर्मा ओलीले व्यक्त गरेको दाबी पुष्टि गर्न चुनौती दिएलगत्तै एमाले नेता गोकुल बास्कोटाले थप प्रतिक्रिया दिएका छन् ।

बास्कोटाले द्वन्द्वकालमा मारिएका माओवादी नेता यानप्रसादको प्रसंग जोड्दै भने, ‘ओलीलाई माफी माग्न चुनौती दिँदै खसोखासमा आफैं माफी मागेछन् शेयर लगानीकर्तासँग प्रचण्डले । र, एकदिन यानप्रसाद गौतम गुपचुप मारिएकोमा पनि यसै गर्ने छन् उनले। किनभने यानप्रसादलाई रोल्पाको उवामा तत्कालीन शाही सेनाले हैन, लालसेनाले मारेको थियो ।’

प्रकाशित मिति : १ पुष २०७८, बिहीबार १३:१८