२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

कांग्रेस उपसभापतिमा गुरुङ र खड्काको सुरुवाती अग्रता

२९ मंसिर, काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत उपसभापतिको जारी मतगणनामा धनराज गुरुङ र पूर्णबहादुर खड्काले सुरुवाती अग्रता लिएका छन् ।

३ सयभन्दा बढी मत गणना हुँदा विजयकुमार गच्छदारले १२२ र पूर्णबहादुर खड्काले १२८ मत पाएका छन् उनीहरु सभापति शेरबहादुर देउवा प्यानलका हुन् ।

शेखर कोइराला प्यानलबाट डा.चन्द्र भण्डारीले ९५, धनराज गुरुङले १३१ मत पाएका छन् । प्रकाशमान सिंह समूहकी सुजाता कोइरालाले ३६ मत पाउँदा स्वतन्त्र उठेका महेश आचार्यले २५ पाएका छन् ।

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार २०:००