२७ असार २०८३, शनिबार | Sat Jul 11 2026

सुनको मूल्य तोलामा तीन सयले बढ्यो

२८ मंसिर, काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९२ हजार पाँच सय रुपैयाँ कायम भएकोमा आज तीन सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार आठ सय रुपैयाँ कायम भएको हो ।

तेजाबी सुन प्रतितोला ९२ हजार तीन सय रुपैयाँ कायम भएको छ । तेजाबी सुन प्रति १० ग्राम ७९ हजार एक सय ३० रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।

आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार २१० रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।

प्रकाशित मिति : December 14, 2021 at 11:58 am