२३ आश्विन २०८१, बुधबार | Thu Oct 10 2024

कृषिमा आधुनिकीकरण आवश्यक : अध्यक्ष यादव

२७ मंसिर, सप्तरी । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले ८० प्रतिशत जनता कृषिमा निर्भर रहेकोले कृषिमा आधुनिकीकरण आवश्यक रहेको बताएका छन् ।

राजविराजमा प्रदेश कृषि विश्व विद्यालयको कार्यालय भवन उद्घाटन गर्दै प्रमुख यादवले विश्व विद्यालय स्थापनापछि कृषि क्षेत्रको आधुनिकीकरण एवं भूमिको व्यवस्थापनले गरिबी र बेरोजगारी हट्ने बताए । उक्त जनशक्तिको उत्पादन कृषि विश्वविद्यालयले गर्नेमा आफू विश्वस्त रहेको उनको धारणा छ ।

प्रदेश नम्बर २ का मुख्य मन्त्री लालबाबु राउतले दक्ष जनशक्ति उत्पादन नभएसम्म प्रदेश र देशको विकास नहुने बताएका छन् । राउतले यस विद्यालयबाट दक्ष जनशक्ति उत्पादन गरेर आत्मनिर्भर एवं रोजगारमूलक प्रदेश बनाउन लागिएको बताए ।

प्राविधिक शिक्षा सम्बन्धी बोर्ड प्रदेश सरकारले गठन गर्न लागेको जानकारी दिँदै मुख्य मन्त्री राउतले भने, ‘प्राविधिक शिक्षामा प्रदेश सरकारले जोड दिँदै आएको छ ।’

प्राविधिक शिक्षा प्रदान गर्ने सीटीईभीटी प्रदेश मातहतमा राखिनुपर्ने भए पनि हालसम्म नदिएको मुख्य मन्त्री राउतको भनाई थियो । विश्व विद्यालय सञ्चालनका लागि प्रदेश सरकार हरसम्भव प्रयासरत रहने प्रतिबद्धता व्यक्त गरे ।

प्रदेश नम्बर २ का अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले बजेट अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार १८:५२