२३ आश्विन २०८१, बुधबार | Thu Oct 10 2024

गमगढीदेखि ताल्चसम्म भाडादर घट्यो

२७ मुगु, मंसिर । सदरमुकाम गमगढी बजारदेखि ताल्चसम्मको भाडादर घटेको छ । गमगढीदेखि ताल्चसम्म जीपको भाडादर अत्यधिक बढेको जनगुनासोलाई मध्यनजर गर्दे सोमबार जिल्ला प्रशासन कार्यालय मुगुको आयोजनामा बसेको सर्वदलीय बैठकले नयाँ भाडादर निर्धारण गरेको हो ।

विगतका दिनमा गमगढी बजारदेखि ताल्चसम्मको कच्ची सडकको भाडादर ५ सय रहेको थियो । अहिले परिमार्जन गरेर तीन सय निर्धारण गरिएको प्रमुख जिल्ला अधिकारी रोम बहादुर महतले बताए । उनका अनुसार ताल्चदेखि सल्लेरीसम्मको भाडा पनि निर्धारण गरिएको छ । जसमा ताल्चदेखि सल्लेरीसम्म दुई सय भाडादर कायम गरिएको छ ।

यसैगरी बसको भाडादर गमगढीदेखि तुमसम्म ५०, गमगढीदेखि ताल्चसम्म एक सय, गमगढीदेखि पिनासम्म दुई सय, गमगढीदेखि बुलबुलेसम्म तीन सय ५०, गमगढीदेखि गोठीज्युलासम्म ६ सय, बस भाडा निर्धारण गरिएको छ ।

गमगढीमा रहेका जीप तथा बस व्यवसायीले अनिवार्य यात्रुको टिकट काट्ने, सवारी साधन र काउन्टरमा भाडादर यात्रुले देखिने गरी राख्ने निर्णय गरिएको रारा छायानाथ यातायात प्राली मुगुका प्रतिनिधि नेता प्रसाद चौलागाईंले बताए । उनका अनुसार नयाँ कायम गरिएको भाडादर मंगलबारदेखि लागू गरिने छ ।

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार १८:४३