२३ आश्विन २०८१, बुधबार | Thu Oct 10 2024

कांग्रेस महाधिवेशन : चुनावी ब्रोसरले ढाक्यो प्रदर्शनी मार्ग

२७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनमा सोमबार नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान भइरहेको छ । भृकुटीमण्डप, राष्ट्रियसभा गृह र प्रहरी क्लबमा मतदान भइरहेको छ ।

१३ पदाधिकारीसहित १३४ सदस्य केन्द्रीय कार्यसमिति चयनका लागि मतदान जारी छ । शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ सभापतिको दौडमा छन् ।

उनीहरुको चुनावी प्रसारप्रचारमा प्रयोग गरिएको ब्रोसरसहितका कागजले प्रदर्शनी मार्ग ढाकेको छ । भुइँनै ढाकिने गरी प्रचारप्रसारमा प्रयोग गरिएका ब्रोसरसहितका कागज छरिएका छन् ।

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार १६:५६