२७ असार २०८३, शनिबार | Sat Jul 11 2026

२४ मंसिर, काठमाडाैँ । खोटाङको दिक्तेलबजारस्थित जलश्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालयको गेटअगाडिको चोकलाई मानवअधिकार चोक घोषणा गरिएको छ । ७३औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवशरमा शुक्रबार सो स्थानलाई मानव अधिकार चोक घोषणा गरिएको हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले सो चोकलाई मानव अधिकार चोक घोषणा गरेका हुन् । राष्ट्रिय मानवअधिकार प्रदेश १ शाखा कार्यालय दिक्तेलको पहल र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको निर्णयअनुसार जलस्राेत तथा सिंचाइ विकास डिभिजन कार्यालयको गेट अगाडिको चोकलाई मानवअधिकार चोक घोषणा गरिएको हो ।

अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवशरमा किरातचोकबाट सुरु भएको प्रभातफेरीलाई केहीबेर रोकेर मानवअधिकार चोक घोषणा गरिएको थियो ।

प्रकाशित मिति : December 10, 2021 at 1:14 pm