२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

विवाहपञ्चमीमा शौर्य सिमेन्टको शिविर, दर्शनार्थी एवं यात्रीलाई राहत

२३ मंसिर, जनकपुरधाम । जनकपुरधाममा भएको विवाहपञ्चमी महोत्सवमा शौर्य सिमेन्टको प्रायेजन र विजय लक्ष्मी मिडिया फाउन्डेशनको आयोजनामा निःशुल्क शिविरको आयोजना गरिएकाे छ । विवाहपञ्चमी महोत्सवमा आउने दर्शनार्थीहरुको सेवा सत्कारको लागि यो शिविरको आयोजना गरिएको थियो।

शौर्य सिमेन्टबाट आयोजीत उक्त निःशुल्क शिविरमा दर्शनार्थीहरुको लागि चिया पानीको व्यवस्था गरिएको थियो । सेवा भावले आयोजना गरिएको उक्त शिविरबाट १० हजार भन्दा बढि व्यक्तीलाई सेवा प्रदान गरिएको थियो ।

मंसिर २२ गते भएको रामसीता विवाहोत्सवमा नेपाल र भारतका विभिन्न स्थानहरुबाट दर्शनार्थीहरु आउने गर्दछन् साथै प्रत्येक वर्ष अयोध्याबाट जन्ती आउने गर्दछन् । यस अवसरमा जनकपुरधाममा जानकी मन्दिरले विभिन्न वैवाहिक कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।

साथै यस अवसरमा शौर्य सिमेन्टको नाटक पनि जनकपुरधामको राम चौकमा मंचन गरिएको थियो । शौर्य सिमेन्टबाट सोधिएको प्रश्नहरुको सहि जवाफ दिने विजेताहरुलाई शौर्य सिमेन्टको तर्फबाट टिसर्ट पनि बाँडिएको थियो ।

शौर्य सिमेन्ट मिथिला मधेशको उत्पादन रहेको हुनाले मिथिलाको कला संस्कृति परम्परामा कदम मा कदम मिलाउँदै सदैव सेवा भावका लागी तत्पर रहने शौर्य सिमेन्टका ब्रान्ड म्यानेजर अनुज महतले जानकारी दिए ।

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहीबार २०:२६