२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

दिल्लीमा बाहिरभन्दा घरभित्रको प्रदूषण भयावहः अध्ययन

२३ मंसिर, नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा बाहिरभन्दा घरभित्रको प्रदूषण भयावह भएको एक अनुसन्धानले देखाएको छ । वायुको धुलोमा हुने कण पीएम २ दशमलब ५ सडकमाभन्दा घरभित्र बढी देखिएको अनुसन्धानले देखाएको हो । यसकाबाबजुद अधिकांश घरपरिवारले प्रदूषण नियन्त्रण गर्न प्रभावकारी कदम नचालेको अध्ययन प्रतिवेदनमा जनाइएको छ । ‘राजधानी नयाँ दिल्ली वारम्बार विश्वकै सबैभन्दा प्रदूषित सहर’ सावित भएको पनि जनाइएको छ ।

युनिभर्सिटी अफ शिकागोको इजर्जी पोलिसी इन्स्टिच्युटले सन् २०१८ देखि सन् २०२० सम्म गरेको सर्वेक्षणमा प्रदूषणबाट दिल्लीका धनी र गरीब सबै परिवार प्रभावित भएको उल्लेख छ । तर, गरीबभन्दा बढी आम्दानी भएका घर परिवारमा वायु स्वच्छ राख्ने संयन्त्र भने १३ गुणा बढी भएको अध्ययनमा जनाइएको छ । ‘तर, समग्रमा भन्नुपर्दा धनी तथा गरीब जोसुकै भए पनि स्वच्छ हावा पाउनबाट बन्चित छन्,’ अध्ययन टोलीका लेखक केनिथ लीले भनेका छन् ।विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार वायु प्रदूषणका कारण हरेक वर्ष विश्वभर ७० मानिसको ज्यान जाने गरेको छ ।

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहीबार १३:०७