१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

कांग्रेसकाे बुर्इ चढेर भिटोफको नेतृत्व हडप्ने नेकपाका असन्तुष्टको दाउ

१४ साउन, काठमाडौँ । दुई ठूला कम्युनष्टि पार्टी एक भएर इतिहासकै ठूलो नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको छ । इतिहासकै शक्तिशाली पार्टी बनेसँगै नेकपालाई कमजोर पार्ने विभिन्न षडयन्त्रहरु भैरहको विषयमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफैँले पटक पटक सर्वजनिक रुपमा भाषण नै गर्दै हिडेका छन । यद्यपी पार्टीलाई कमजोर बनाउन केन्द्रीय स्तरकै नेताहरुको सक्रियतालाई नेकपाले नजरअन्दाज गरेको देखिएको छ ।

नेकपाका नेता मुकुन्द न्यौपानेले पार्टीको विषयगत क्षेत्राधिकार बाहिर गएर नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनमा आफूले मागेको पद नपाएका पर्यटन व्यवसायीलाई जम्मा गरेर सामानान्तर संगठन स्थापना गरे । अहिले त्यसको बाछिटा गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ)को निर्वाचनमा समेत देखाइदिएका छन । नेपाल कम्युनिष्ट पार्टीका नाममा सम्पूर्ण वामपन्थीहरु एक भैरहेको समयमा न्यौपानेले भने भएका वामपन्थीहरुलाई नेपाली कांग्रेस निकटका व्यवसायीको स्वार्थमा मिसाइदिएका छन ।

जसका कारण तत्काली नेकपा एमाले समर्थक भनेर चिनिएका हाल नेकपाका शुभेच्छुक नै भिटोफको अध्यक्षमा प्रतिस्पर्धा गर्ने तयारीमा पुगेका छन । न्यौपानेले संरक्षण गरेर हुर्काउन खोजेको समूहले नेपाली कांग्रेस निकटका व्यसायीलाई साथ दिँदै अध्यक्षमा ध्रुव सिंखडालाई साथ दिएको छ । त्यस्तै नेकपाको आधिकारिक संस्थापन समूहले भिटोफमा वर्तमान महासचिव वासु पाण्डेलाई अध्यक्षको प्रत्यासीका रुपमा आघि सारी समूह तयार गरेको छ ।

कांग्रेससँग मिलेर समूह निर्माण गरेका अध्यक्षका प्रत्यासी धुव्र सिंखडा

देशैभर नेकपा एक भएको सन्देश दिन नेकपाका अध्यक्षद्धयलाई भ्याइनभ्याइ भैरहेको समयमा न्यौपाने भने पर्यटन व्यवसायमा संगठित भएका व्यवसायीलाई टुक्राटुक्रा पारे कांग्रेसको समूहसँग सहकार्य गराउने अवस्थामा पुगेका छन । पछिल्लो चार वर्षको अबधिलाई हेर्ने हो भने पर्यटनका व्यवसायिक संगठनहरुमा नेकपाले आफ्ना समर्थक व्यवसायीलाई नेतृत्वमा पुर्याउन सफल भएको देखिन्छ । न्यौपानेले पर्यटन भएको संगठन समेत ध्वस्त पार्न थालेपछि नेकपाका नेता एवम् तत्काली एमालेका पर्यटन प्रवद्र्धन विभागका प्रमुख सूर्य थापा आफैँ पार्टी नेतृत्वका सामू न्यौँपानेको पार्टीहित विपरित गरेको गतिबिधि उजुरीको रुपमा जानकारी गराएका छन ।

देशैभर नेकपा एक भएको सन्देश प्रवाह हुनुपर्ने अवस्थामा न्यौपानेले पर्यटन क्षेत्रमा कांग्रेसलाई काखी च्यापेर के प्राप्त गर्न खोजेका हुन भन्दै ठमेलका चोक र गल्लीमा गफ हुन थालेको छ । भिटोभको नेतृत्वमा वर्तमान महासचिव वासु पौडेलको नेतृत्वको समूहले बाजी मार्ने निश्चित भएपनि कांग्रेसको बुईचढेर नेकपाकै साथीहरु चुनावी प्रतिस्पर्धामा आउनु गलत भएको भन्दै धेरै व्यवसायीले चिन्ता प्रकट गरेका छन ।

न्यौपानेलाई साथ दिने सीताराम सापकोटा, कुमार थापा र राजेन्द्र सपाकोटा अहिले भिटोफको निर्वाचनमा नेकपा निकटका व्यवसायीलाई भन्दा पनि कांग्रेस निकटका व्यवसायीलाई जिताउने अभियानमा कम्मर कसेर लागेका छन । भिटोफमा कांग्रेस समर्थकलाई जिताउन लाग्नेमा आग्रपंक्तिमा पर्यटन व्यवयासी संगठन नेपालका उपाध्यक्ष कुमार थापा अग्रमोर्चामा रहेका छन । उनी जुनसुकै मूल्य चुकाएर भए पनि कांग्रेससहितको टिम जिताउने अभियानमा लागेका छन ।

आसाइ ट्रेक्सका मालिक समेत रहेका थापा फेक रेस्क्युको छानविनको दायरामा रहेका व्यवसायी हुन । उनीसँगै लामो समय व्यवसायिक साझेदारी गरेका एक व्यवयासीले  भने उनी आफू फेक रेस्क्युमा लाग्नेमात्र नभइ अहिले अरु व्यवसायीलाई समेत कारबाहीबाट जोगाउछु भन्दै हिडेका छन । उनले ठमेल र दरबारमार्गमा कुराकानीका क्रममा आफूसँग पर्यटन सचिवको राम्रो सम्बन्ध भएको भन्दै धेरैलाई कारबाहीबाट जोगाउने आश्वासन समेत दिएका छन ।

प्रकाशित मिति : १४ श्रावण २०७५, सोमबार ११:५८