२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

नेकपा क्रान्तिकारी माओवादीसहित ६ कम्युनिष्ट पार्टीले एमसीसीविरूद्ध रणनीति बनाउँदै

२२ मंसिर, काठमाडाैँ । नेकपा क्रान्तिकारी माओवादीसहित विभिन्न ६ कम्युनिष्ट पार्टीहरू एमसीसीविरुद्ध रणनीति बनाउन छलफलमा छुटिरहेका छन् ।

मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित विभिन्न ६ दलहरू एमसीसीविरुद्ध रणनीति बनाउन बैठकमा बसेका छन् । काठमाडौंमा अहिले बैठक बसिरहेको छ ।

सरकारले २८ मंसिरबाट सुरु हुन लागेको संसद बैठकमा एमसीसी अनुमोदनका लागि पेस गर्न लागिएका भनिएका बेला उनीहरूको बैठक बसिरहेको हो ।

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार १२:५१