२७ असार २०८३, शनिबार | Sat Jul 11 2026

‘हिंसा गर्नु र सहनु अपराध हो’

२१ मंसिर, सप्तरी । लैंगिक हिंसाविरूद्ध १६ दिने अभियानअन्तर्गत १३औं दिन मंगलबार अध्यक्षता जिल्लाबार इकाई सप्तरीले राजदेवी माविका विद्यार्थीहरूलाई लैंगिक हिंसामा पाइने कानुनी प्रावधानका विषयमा एक दिने कार्यक्रमको आयोजना गरेको छ ।

प्रादेशिक कानुनी सेवा केन्द्र सप्तरी प्रतिनिधि अधिवक्ता किरण साहले हिंसा सहनु र हिंसा गर्नु दुवै अपराध रहेको बताएकी छन् । उनले हिंसा गर्न घरबाटै बन्द गर्नुपर्ने बताएकी छन् ।

साहले बालबालिकाको अधिकार, हिंसामा परेकाका लागि भएको कानुनी प्रावधान, नि:शुल्क न्यायका लागि जानुपर्ने स्थानहरूको विषयमा जानकारी गराइन्।

इन्सेक प्रतिनिधि मनोहर पोखरेलले १६ दिने लैंगिक हिंसाविरूद्धको अभियान मनाउनुपर्ने उद्देश्यको विषमा जानकारी गराए । कार्यक्रममा अधिवक्ता मनु खनालले हिंसा, हिंसाको किसिमको विषयमा जानकारी गराउँदै शारीरिक, मानसिक, आर्थिक तथा यौनजन्य हिंसाको विषयमा विस्तृत रूपमा विद्यार्थीहरूलाई जानकारी गराएकी थिइन् ।

प्रकाशित मिति : December 7, 2021 at 6:07 pm