२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

पत्रकार महासंघको उपाध्यक्ष त्यागेर कांग्रेसको पूर्णकालीन राजनीतिमा लागिन बाला

२० मंसिर, काठमाडौँ । नेपाली कांग्रेसकी नेतृ समेत रहेकी नेपाल पत्रकार महासंघकी उपाध्यक्ष बाला अधिकारी महासंघको जिम्मेवारी त्याग गरेर कांग्रेसको पूर्णकालीन राजनीतिमा होमिएकी छिन । उनले सोमबार सामाजिक सञ्जाल मार्फत आफूले नेपाल पत्रकार महासंघको जिम्मेवारी त्यागेर पूर्ण रूपमा पार्टी राजनीतिमा लागेको बताएकी छिन । अधिकारी डेढ दशकदेखि नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि रहँदै आएकी छिन ।

उनले सामाजिक सञ्जालमा लेखेकी छिन, ‘म नेपाल पत्रकार महासंघको केन्द्रीय उपाध्यक्ष भएको नाताले नेपाल पत्रकार महासंघको बिधान,आचार संहिताको पालना गर्नु मेरो प्रमुख कर्तब्य रहेको कुरा मलाइ हेक्का छ।नेपाल पत्रकार महासंघको २६औ महाधिबेशनमा मलाइ आफ्नो अमुल्य मतदिएर महासंघको नेतृत्वमा पुर्याउनुहुने संपुर्ण मतदाताहरुमा हार्दिक आभार ब्यक्त गर्दछु।म महासंघको नेतृत्वमा नरहेपनि तपाइहरुको मतको उच्च सम्मान गर्दै हर हमेशा तपाइहरुको माझ सु:ख दु:खमा साथ रहने प्रण गर्दै अबको मेरो गन्तब्य पार्टि राजनिति तिर !!!’

प्रकाशित मिति : २० मंसिर २०७८, सोमबार २०:२७