२७ असार २०८३, शनिबार | Sat Jul 11 2026

भीम रावलले ओलीलाई भने : ‘म कुटेजस्तो गर्छु तँ रोएजस्तो गर झैं नगर्नुस्’

१९ मंसिर, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता डा. भीमबहादुर रावलले प्रभावकारी रुपमा संसद अवरुद्ध गर्न नसके जनताको आवाज उठाउन दिनुपर्ने बताएका छन् ।

दोस्रोपटक अध्यक्ष निर्वाचित केपी शर्मा ओलीले पदबहालीका क्रममा २८ गते आह्वान गरिएको संसद अधिवेशनमा पार्टीबाट निष्काशन गरिएका माधव नेपाल समूह सांसद हैसियतमा उपस्थित भए अवरुद्ध गर्ने बताएका बेला नेता रावलले प्रभावकारी रुपमा अवरुद्ध गर्न सुझाएका हुन् ।

तर सरकारले काम गर्नेगरी अवरुद्ध गरेको कुनै औचित्य नहुने उनले उल्लेख गरेका छन् । यो म कुटे जस्तो गर्छु तँ रोए जस्तो गर भनेझैं भएको रावलको भनाइ छ ।

‘संसद देश र जनताको पक्षमा वहस गर्ने र आवाज उठाउने थलो हो । सरकारका सबै काम कारवाही हुन दिई संसद अवरूद्ध गरेको भन्नुको औचित्य छैन,’ उनले भनेका छन्, ‘कि सरकारले ल्याउने विधेयक र प्रस्ताव रोक्नसक्नु पर्‍यो । नभए त्यसबारे जनताको आवाज उठाउन पाउनु पर्‍यो । अन्यथा म कुटे जस्तो गर्छु तँ रोए जस्तो गर भने झैं ठहर्छ ।’

प्रकाशित मिति : December 5, 2021 at 5:41 pm