२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

माओवादीको नुवाकोट-काठमाडौँ सम्पर्क समितिको अध्यक्षमा अधिकारी र सचिवमा न्याैपाने

१९ मंसिर, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को नुवाकोट-काठमाडौँ सम्पर्क समन्वय समितिको अध्यक्षमा सुदिप अधिकारी र सचिवमा विनोद न्याैपाने चयन भएका छन । शनिबार काठमाडाैँको बिजी ब्यांकेटमा भएको साताै सम्मेलनमा अधिकारीको अध्यक्षतामा ५५ सदस्यीय नयाँ कमिटी गठन भएको सचिव न्याैपानेले जानकारी दिए ।

सम्मेलनबाट उपाध्यक्षमा रूद्र ढुंगेल, शेरबहादुर तामाङ र सुविन तामाङ चयन भएका छन । त्यस्तै सचिवमा न्याैपाने तथा सहसचिवमा प्रकाश रैला र कोषाध्यक्षमा श्रीप्रसाद घिमिरे चयन भएका छन । सम्मेलनको उद्घाटन गर्दै शिक्षा मन्त्री देवेन्द्र पाैडेलले प्रगतिशिल विचारधारा बोकेका कम्युनिष्ट शक्तिहरू मिलेर देशमा परिवर्तन ल्याउनुपर्ने बताए ।

प्रकाशित मिति : १९ मंसिर २०७८, आईतवार १०:५५