२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

१९ मंसिर, काठमाडाैँ । आजको पात्रो : मंसिर १९ गते २०७८, तदनुसार डिसेम्बर महिनाको ५ तारिक २०२१ । मार्ग शीर्ष शुल्क पक्ष प्रतिपदा तिथि, ज्येष्ठा नक्षत्र, शुल योग, बब करण र चन्द्रमा वृश्चिक राशिमा रहेको छ । आजको देवता नाग र ग्रहदेव वृहस्पति रहेको छ । आज दिउसो ३ः५१ देखि ०५ः०९ सम्म राहुकाल रहेको छ भने ११ः३४ देखि १२ः१५ सम्म अभिजित मुर्हूत रहेको छ ।

आजको सूर्योदय ६ः४१ मिनेटमा हुनेछ भने सूर्यास्त पाँच बजेर ०७ मिनेटमा हुनेछ । आइतबारको दिन सधै सूर्यनारायणको दर्शन गरेर काम शुरु गर्दा हप्ताभर योजना बनाएका काम सफल हुन्छ भन्ने मान्यता रहेको छ । त्यसैले आइतवारलाई आदित्यबार पनि भनिएको हो । आदित्य भनेको सूर्य हो ।

आजको राशिफल

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

ब्यापार ब्यबसायमा हुनुहुन्छ भने आजको दिन विहानको सूर्योदयको दर्शनपछि ब्यापार शुभारम्भ गर्दा तपाईलाई लाभ हुनेछ । परिवार र मित्रमण्डमलीबाट साथ सहयोग पाउनुहुनेछ । विहानको उदाँउदो सूर्यको दर्शन र देवालयको दर्शन गरेर काम शुरु गर्दा दिनभर उर्जा र कार्यसििद्ध हुनेछ ।

वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

तपाईको लागि आजको दिन त्यति अनुकुल छैन । यात्राको लागि अवसर आउनसक्छ । त्यसैले धार्मिक क्षेत्रको यात्रा गर्नु वेश हुनेछ । तपाईले सोचअनुसारको कार्य सफलता मिल्नेछ । आफूले विगतदेखि गर्दै आएको काममा सफलता मिल्नेछ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

मिथन राशिका जातका लागि आजको दिन परिवार र आफन्तजनमा आर्थिक विवाद हुनसक्छ । त्यसैले आजको दिन मौन रहनु वेश हुनेछ । परिवारमा अनावश्यक विवाद हुन खोज्दा विवाद बढ्नसक्छ । आर्थिक समस्याको कारण मनमा अनेक चिन्ता र विवादका कारण तपाईले सोचअनुसार काम नहुँदा हुने चिन्ताको बीचमा सकारात्मक सोचको आवश्यकता रहेको छ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

दाम्पत्यजीवनमा विवाद हुनसक्छ । त्यसैले आजको दिन कुनै पनि काम गर्दा होसियारी आवश्यक छ । आफूले गरिरहेको व्यापार ब्यबसाय र कामबाट तपाईलाई हानी हुनसक्छ । धैर्यपूर्वक सोचविचार गरेर मात्र काम गर्नुभयो भने संकट हटाउन सक्नुहुनेछ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

तपाईको मनमा प्रसन्नता छाउने छ । धनलाभ र स्वास्थ्यले पनि साथ दिने भएकाले तपाईले सोचअनुसारका काम हुँदा हुने खुसीले तपाईको मनमा विजयप्राप्तिको खुसी छाउने छ । आफूले गरेको कार्य सफलताले मनमा उत्साह छाउने छ । आजको दिन विहान सूर्योदयको दर्शन अवस्य गर्नुहोला ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

तपाईको दाम्पत्य जीवनमा सुख, समृद्धिका लागि आजको आइतवार भएकाले अर्थ लाभ हुनसक्छ । कन्या राशिका जातका लागि यात्राको लागि अवसर प्राप्त हुनेछ । आजको दिन शुरु गरेको यात्राले तपाईलाई नयाँ योजना बनाउनका लागि सहयोग गर्नेछ । रचनात्मक र कलाकारितामा मन जानेछ । अध्ययन अनुसन्धानको काममा लाग्नु भएको छ भने सफलता मिल्नेछ ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

आइतबारको दिन तपाईको चाहना र इच्छाअनुसारको काम नहुँदा पारिवारिक तनावले गर्दा मनमा चिन्ता हुनसक्छ । आफ्नो नियमित काम गर्नुहोला । आजको दिन कसैसँग पनि विवाद हुने काम नगर्नुहोला । विवाद गर्दा तपाईमाथि अनेक आरोप लगाउन सक्छन भने तपाईलाई हानी हुनसक्ने संभावना पनि रहन्छ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

तपाइको आजको दिन ब्यापार ब्यबसायबाट सोचेभन्दा बढी धन लाभ हुने देखिन्छ । कसैबाट आर्थिक साथ सहयोग मिल्नेछ । छोटो यात्राले मनमा खुसी छाउने छ । शत्रुहरुले समेत तपाईको कार्यप्रशसा गर्ने छन् । आर्थिक कारोबार गर्दा भने अलिकति सोच, होस र विचार गर्नुहोला । चन्द्रमाको साथ रहेकोले आजको दिन गरेको काममा सफलता मिल्नेछ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

तपाईलाई साथ सहयोग दिने कुनै एकजना मित्र र आफन्तलाई आजको दिन भेट गर्दा तपाईलाई साथ सहयोग हुनुक्छ । परिवारजनबाट प्राप्त हुने सहयोगले नयाँ कामको थालनी गर्नका लागि उत्साह थपिने छ । अध्ययन अध्यापन क्षेत्रमा हुनुहुन्छ भने सरस्वती र आदित्यहद्यस्तोत्र पाठ गर्नुहोला ।

मकर भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

मकर राशिको जातकको लागि अध्ययन अध्यापनमा सफलता मिल्नेछ । रचनात्मक काम र कलाकारितामा कार्य गर्ने मीन राशिका जातकका लागि खुसीयाली छाउने छ । तपाईले विगतदेखि गर्दै आएको जे काम भएपनि त्यसको सफलताका लागि एककदम अगाडि बढ्दा तपाईलाई लाभ हुनेछ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

विहान पहिले सूर्यनारायणको दर्शन गर्नुभयो भने दिन उत्तम वित्नेछ । स्वास्थ्यमा ध्यान दिनुपर्ने र यात्रा गर्नुभन्दा पहिले पूवै तयारी गर्नुहोला । अर्थलाभ, मित्रहरुको साथ सहयोग र सोचअनुसार काम हुनेछ । सकारात्मक सोच र समाजिक कार्यले तपाईलाई मनमा शान्ति मिल्नेछ ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

साताको पहिलो दिन,पराक्रम गर्ने दिन हो । व्यापार ब्यबसायबाट धनलाभ हुनेछ । आफन्त र मित्रजनहरुको साथ र सहयोग प्राप्त हुनेछ । अध्ययन अध्यापनमा नयाँ सफलता प्राप्त हुनेछ । लेखक, अध्यापकको लागि नयाँ बाटो खुल्नेछ । साँझको समयका शिवालय वा देवालयकोे यात्रा गर्दा फलदायी हुनेछ । सूयोदयको दर्शन उत्तम मानिन्छ ।

ज्योतिषी : भरत शर्मा

प्रकाशित मिति : १९ मंसिर २०७८, आईतवार ०८:५४