२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

अखिल क्रन्तिकारीले भाडाको गुण्डा प्रयोग गरेर आक्रमण गरेको अनेरास्ववियुको आरोप

१८ मंसिर, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको भ्रातृ संस्था अनेरास्ववियुले नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेकपा निकटका अखिल क्रान्तिकारीले भाडाको गुण्डा प्रयोग गरेर अनेरास्ववियूका नेता कार्यकर्ता माथि आक्रमण गरेको जनाएको छ ।

काठमाडौँको नेपालटारमा रहेको ग्रामीण आदर्श बहुमुखी क्याप्समा विद्यार्थी नेताहरूमाथि आक्रमण भएपछि अनेरास्ववियूले विज्ञप्ति निकालेर त्यसको निन्दा गर्दै आक्रमणमा भाडाकोल गुण्डा प्रयोग भएको उल्लेख गरिएको छ ।

अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले विज्ञप्ति नै निकालेर भाडाका गुण्डा प्रयोग गरेर क्याम्पसमा प्रवेश गरी विद्यार्थी नेतामाथि आक्रमण भएको बताएकी छिन । उनले घटनाको निन्दा र भत्सर्ना गर्दै प्राज्ञिक वातावरण विथोल्ने काम गरे अनेरास्ववियु प्रतिकारमा उत्रने चेतावनी समेत दिएकी छिन ।

शुक्रबार नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेकपा निकटका अखिल क्रान्तिकारीका नेत र कार्यकर्ताले बाहिरबाट आएर क्याम्पस हातामा बसिरहेका अनेरास्ववियु र नेविसंघका नेतामाथि आक्रमण गरेका थिए ।

आक्रमणमा परी अनेरास्ववियु क्याम्पस कमिटीका अध्यक्ष लक्ष्मण तिमल्सिना र सचिव विवश धिताल तथा नेविसंघका महेस मणि पौडेल ,प्रदिप जङ् शाह ,सौरब घिमिरे, माधब बजगाई घाइते भएका छन । उनीहरू केहीको ग्रिनसिटी अस्पतालमा उपचार भैरहेको छ भने केही उपचारपछि घर फर्किएका छन ।

प्रकाशित मिति : १८ मंसिर २०७८, शनिबार ११:३२