२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

ग्रामीण आदर्श क्याम्पसमा विद्यार्थी नेतामाथि आक्रमण, अनेरास्ववियू र नेविसंघका ६ घाइते

१८ मंसिर, काठमाडौँ । काठमाडौँको नेपालटारमा रहेको ग्रामीण आदर्श बहुमुखी क्याप्समा विद्यार्थी नेताहरूमाथि आक्रमण भएको छ । क्याम्पस हाताभित्रै आक्रमण भएको र अनेरास्वविय र नेविसंघका गरी ६ जना घाइते भएको अनेरास्ववियूका नेता बाबुराम कुँवरले जानकारी दिए ।

शुक्रबार नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेकपा निकटका अखिल क्रान्तिकारीका नेत र कार्यकर्ताले बाहिरबाट आएर क्याम्पस हातामा बसिरहेका अनेरास्ववियु र नेविसंघका नेतामाथि आक्रमण गरेको कुँवरले बताए । कुटिने विद्यार्थी नेताहरू क्याम्पसमै स्नातक तहमा अध्ययनर रहेका छन ।

आक्रमणमा परी अनेरास्ववियु क्याम्पस कमिटीका अध्यक्ष लक्ष्मण तिमल्सिना र सचिव विवश धिताल तथा नेविसंघका महेस मणि पौडेल ,प्रदिप जङ् शाह ,सौरब घिमिरे, माधब बजगाई घाइते भएका छन । उनीहरू केहीको ग्रिनसिटी अस्पतालमा उपचार भैरहेको छ भने केही उपचारपछि घर फर्किएका छन ।

यसैबीच नेविसंघका नेता सुशील भट्टले घटनाको भत्सर्ना गर्दै उल्टै बन्दुकको डर देखाएर परिवारहरूलाइ समेत धम्की दिइरहेको बताएका छन । उनले सामाजिक सञ्जाल मार्फत घटनाको निन्दा गर्दै आक्रमण गर्नेहरूले नै आक्रमणको आरोप लगाएर धम्क्की दिइरहेको बताएका छन ।

यस्तै अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले विज्ञप्ति नै निकालेर भाडाका गुण्डा प्रयोग गरेर क्याम्पसमा प्रवेश गरी विद्यार्थी नेतामाथि आक्रमण भएको उल्लेख गरेकी छिन । उनले घटनाको निन्दा र भत्सर्ना गर्दै प्राज्ञिक वातावरण विथोल्ने काम गरे अनेरास्ववियु प्रतिकारमा उत्रने चेतावनी समेत दिएकी छिन ।

अनेरास्ववियुले निकालेको विज्ञप्ति ।

प्रकाशित मिति : १८ मंसिर २०७८, शनिबार ११:०३