२७ असार २०८३, शनिबार | Sat Jul 11 2026

राष्ट्रपति भण्डारीलाई अमिक शेरचनले मञ्चमै ‘भावपूर्ण श्रद्धासुमन’ व्यक्त गरे (भिडियोसहित)

१७ मंसिर, काठमाडौँ । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचेनले राष्ट्रपति विद्यादेवी भण्डारी माथि अभद्र टिप्पणी गरेका छन । मृत्यु भएका व्यक्तिलाई सम्बोधन गर्ने शब्दले शेरचनले राष्ट्रपतिलाई सम्बोधन गरेका हुन ।

बिहीबार लुम्बिनी बौद्ध विश्वविद्यालयको कार्यक्रममा प्रदेश प्रमुख शेरचनले लुम्बिनी आएकोमा राष्ट्रपति भण्डारीलाई भावपूर्ण श्रद्धासुमन भन्दै सम्बोधन गरेका हुन । शेरचनले उक्त शब्द उच्चाचरण गरेपछि सोही मञ्चमा रहेका राष्ट्रपति भण्डारी र नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल हेराहेर गरेर हाँसे ।

शेरचनलाई  यसअघ गण्डकी प्रदेशको प्रदेश प्रमुखबाट राष्ट्रपतिले पदमुक्त गरेकी थिइन । पछि परमादेशवाला शेरबहादुर देउवा नेतृत्वको सरकारको सफारिसमा लुम्बिनी प्रदेशको प्रदेश प्रमुखमा उनै राष्ट्रपति भण्डारीले नियुक्त गरेकी थिइन । शेरचन माओवादीका नेता हुन ।

प्रकाशित मिति : December 3, 2021 at 8:59 am