२७ असार २०८३, शनिबार | Sun Jul 12 2026

भोटिङ मेसिनको मतदान बदर नहुने, उम्मेदवारका नाम र तस्बिर सेट गर्न झन्डै आठ घन्टा लाग्ने

१३ मंसिर, काठमाडौँ । नेकपा एमाले महाधिवेशनका लागि ७२ वटा भोटिङ मेसिन तयारी अवस्थामा राखिएको छ । आधाभन्दा बढी पदमा सर्वसम्मत भएको जनाउँदै प्रावधिक टोलीले ७२ वटा मेसिन निर्वाचनका लागि तयारी अवस्थामा राखेको हो ।

‘अहिले मतदानका लागि ७२ वटा मेसिन तयारी अवस्थामा छन्, आवाश्यक परेको खण्डमा एक सय मेसिन थप राख्न सकिन्छ ?’ रामलक्ष्मण इन्भेट्सका डाईरेक्टर लक्ष्मण पाण्डले भने, ‘धेरै जसो पदमा सर्वसम्मत भएको बुझिएकाले अनुमान गरेको भन्दा कम मेसिन राखिएको हो ।’ उनका अनुसार भोटिङ मेसिनमा मत बदर हुने सम्भावना रहेको हुन्न । ‘

भोटिङ मेसिनमा बदरको सम्भावना हुँदैन किन भने यसले ‘एस’ वा ‘नो’ भन्ने बाहेक अन्य विकल्प दिँदैन, सतप्रतिशत मत खस्छ’ पाण्डेले अगाडी भने, ‘मत हालिसकेपछि प्रिन्ट पनि अटोमेटिक दिन्छ ।’ उनका अनुसार निर्वाचन समितिले अन्तिम नामावली प्रकाशन गरेपछि उम्मेदवारको नाम र तस्बिर सिस्टममा अपग्रेड गर्न भने झन्डै ७-८ घन्टा भने लाग्नेछ ।

प्रकाशित मिति : November 29, 2021 at 2:07 pm