२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

भाेजपुरमा निर्माणकै क्रममा भाँचियो पक्की पुल

१२ मंसिर, भाेजपुर । भाेजपुरकाे कावा खोलामा ५ करोड रुपैयाँभन्दा बढीको लागतमा निर्माण भइरहेको पक्की पुल भाँचिएको छ ।भोजपुरको रामप्रसादराई गाउँपालिका र हतुवागढी गाउँपालिकालाई जोड्ने कावा खोलामाथि निर्माण भइरहेको पुल भाँचिएको हाे ।

दुवैतिर पैदल हिँड्न मिल्ने गरी ४५ मिटर लम्बाइ, ६ मिटर चौडाइमा पुलमा बनाउन लागिएको थियाे । प्राविधिकले भूकम्प प्रतिरोधी पुल निर्माण गर्न लागिएकाे बताए  पनि  निर्माणको क्रममा नै पुल भाँचिएको छ ।

प्रकाशित मिति : १२ मंसिर २०७८, आईतवार १४:४२