२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

काभ्रे कांग्रेसमा देउवा पक्षका तीर्थ लामा विजयी

१२ मंसिर, काठमाडौँ । नेपाली कांग्रेस काभ्रेको सभापति पदमा तीर्थ लामा विजयी भएका छन् । आइतबार बिहान सम्पन्न मतगणनाको परिणामअनुसार संस्थापन पक्षका लामाले पौडेल पक्षका अच्युत पौडेललाई पराजित गरेका हुन् ।

लामाले १६ सय ४६ र पौडेलले सात सय ७० मत पाएका थिए । २४ सय ६८ मत खसेकाे थियाे । ५२ मत बदर भएकाे थियाे । काभ्रेमा एउटा पदबाहेक सबै लामा प्यानलकै उम्मेदवार विजयी भएको छ ।

प्रकाशित मिति : १२ मंसिर २०७८, आईतवार १०:३९