२८ असार २०८३, आइतबार | Sun Jul 12 2026

कांग्रेस अधिवेशनः फर्जी मत खसेको भन्दै अछाम १ मा मतगणना स्थगित

८ मंसिर, अछाम । फर्जी मत खसेको भन्दै अछाम १ मा कांग्रेस अधिवेशनको मतगणना स्थगित भएको छ । अछाम क्षेत्र १ मा मतदाताभन्दा १८ मत बढी भेटिएको भन्दै मतगणना कार्य स्थगित भएको हो ।

कुल मतदाता संख्या ७६४ रहेको क्षेत्र १ मा ७५७ मत खसेको निर्वाचन कमिटीले जनाएको थियो । मत गणनाको क्रममा ४१७ मतगणनापछि बाँकी रहेका मतपेटिका खोलेर जम्मा मतपत्र संख्या ७७५ पुगेको उम्मेदवारहरूले बताएका छन् ।

प्रकाशित मिति : November 24, 2021 at 4:49 pm