२० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026

नारी निकुञ्जले देउसीबाट संकलित रकम महिलाहरूको प्रजनन स्वास्थ्य शिविरमा खर्च गर्ने

८ मंसिर, एडिलेड । एनआरएनए साउथ अष्ट्रेलियाको महिला फोरम नारी निकुञ्जले गत तिहारमा देउसी भैलौ मार्फत उठाएको रकम नेपालको ग्रामिण क्षेत्रका महिलाहरुको स्वास्थ्य शिविरमा खर्च गर्ने भएको छ । नारी निकुञ्ज साऊथ अस्ट्रेलिया संयोजक अनिता लम्सालका अनुसार संकलित रकम अष्ट्रेलियन डलर १६८५ नेपालको ग्रामीण क्षेत्रका महिलाहरूक़ो प्रजनन स्वास्थ्य शिविरमा खर्च गरिने छ ।

नारी निकुञ्ज अष्ट्रेलिया संयोजक मञ्जु खड्काका अनुसार संस्थाको स्थापना देखि नै नारी निकुञ्ज अष्ट्रेलियाले नेपालका विभिन्न संघ संस्थाहरु मार्फत महिला स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको छ । उहाले गत वर्ष नारी निकुञ्जले आर्थिक सहयोगमा अछामको दुर्गम भेगमा बस्ने महिलाहरुलाइ निशुल्क प्रजनन स्वास्थ्य सिविर संचालन गरि पाठेघर खस्ने रोगबाट पीडित १० जना महिलाहरुलाई निशुल्क शल्यक्रिया लागि समबिकास अछामसंग सहकार्य गरेको जनाउनु भयो ।

यस्तैगरि गत मार्च महिनामा एडिलेड र सिड़नीमा आयोजना गरिएको अन्तराष्ट्रिय नारी दिवस २०२१ मा उठेको रक़मले नेपालको दुर्गम भेगका किशोरीहरुका लागि बिद्यालयमा निशुल्क स्यानीटरी प्याड सहित महिला शौचालयमा भेन्डिङ मेसिन जडान गर्नको लागि यसै क्षेत्रमा क्रियासिल संस्था प्याड टु गो मार्फत करिब ७ लाख रुपैयाँ सहयोग गरेको थियो।

 

प्रकाशित मिति : November 24, 2021 at 9:05 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/