२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

आगलागीमा परि तीन बालको निधन भएको प्रति तामाङद्वारा दुःख व्यक्त

७ मंसिर, काठमाडौं । सिन्धुपाल्चोक जिल्ला हेलम्बु गाउँपालिकामा-७ मा आगलागीबाट तीन बालकको निधन भएको प्रति सांसद शेरबहादुर तामाङले दुःख व्यक्त गरेका छन् ।

प्रतिनिधि सभा सदस्य तथा पूर्व मन्त्री तामाङले एक वक्तव्य जारी गर्दै श्रद्धाञ्जली अर्पण गरेका हुन् । सञ्च तामाङको गोठमा लागेको आगोमा परी उनका ६ वर्षीय छोरा मनोज, सोही स्थानका साइला तामाङका ५ वर्षीय छोरा दिलबहादुर र सुकमान तामाङका ५ वर्षीय छोरा मनिसको ज्यान गएको हो ।

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलवार १९:३२