काँग्रेसको ललितपुर २ सभापतिमा खड्का विजयी
७ मंसिर, ललितपुर । नेपाली कांग्रेसको ललितपुर क्षेत्र नं. २ को सभापतिमा महेश खड्का विजयी भएका छन् । खड्काले एक सय ७९ र सभापतिका अर्का उम्मेदवार महेन्द्रदेव सिंहले एक सय ३५ मत पाएको मतदान अधिकृतले गणेश खनालले जानकारी दिए ।

कार्यसमिति सचिवमा राजु महर्जन र रवीन्द्र महर्जन छन् । सहसचिवमा दिनेश राउत र विभुषण शाक्य भएका छन् ।
प्रकाशित मिति : November 23, 2021 at 12:50 pm





