२१ आश्विन २०८१, सोमबार | Tue Oct 8 2024

आन्दोलनले लछारपाटो नलागेपछि प्रधानन्यायाधीशको बर्खास्तीको माग गर्दै दलको दैलोमा बार

६ मंसिर, काठमाडाैँ । झन्डै एक महिनादेखि आन्दोलनरत नेपाल बार एसोसिएसनले आज सोमबार प्रमुख राजनीतिक दललाई ध्यानाकर्षणपत्र बुझाउने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनरत बारले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादीसहितका दललाई ध्यानाकर्षणपत्र बुझाउन लागेको हो ।

बार प्रधानन्यायाधीशलाई महाभियोग लगाउँदै आएको छ । तर, दलहरुले कुनै कदम नचालेको भन्दै बारले ३० कात्तिकमै दलहरुलाई ध्यानाकर्षणपत्र बुझाउने निर्णय गरेको थियो । नेपाल बार १४ कात्तिकदेखि आन्दाेलनरत छ । पछिल्लो पटक बारले सर्वोच्च अदालतमा धर्ना दिँदै आएको छ । सोमबार पनि कालोपट्टी बाँधेर धर्ना दिने कार्यक्रम रहेको बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताए ।

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार ०८:२३